चैत्र २५,
२०७७,काभ्रे/

जिल्लामा बुधबार ८ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका ६ जना, बनेपा नगरपालिका र चौरीदेउरली गाउँपालिकामा १/१ जना गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै काभ्रे जिल्लामा कारोनाबाछ संक्रमित हुनेको संख्या ३ हजार ४ सय ३ पुगेको छ । जिल्लामा अहिले २३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ जना होम आइसोलेशनमा छन् भने ६ जना अस्पताल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म ६३ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । जसमध्ये काभ्रेका ४५ जना रहेका छन् भने १८ जना अन्य जिल्लाका रहेका छन् ।

Facebook Comments Box