चैत्र २६,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिका वडा नं ५ स्थित गोपेडाँडामा बौद्ध घर्म सम्बन्धि आयोजित वाङ तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । महाभारत थर्वेलीङ गुम्बाको आयोजनामा ३ दिन भएको उक्त कार्यक्रममा बैद्ध घर्मका लामा गुरुहरुले प्रवचन दिएका थिए ।

२३ गतेबाट सुरु भएको वाङ २५ गते बौद्ध घर्मका सातौँ औतारी ङ्हावाङ टुल्कु रेम्बोर्छेद्वारा विशेष आशिर्वाद प्रदान गरी समापन भएको हो । आशिर्वाद ग्रहण गर्न बुधबार संविधान सभा सदस्य तिर्थ लामा कार्यक्रममा सहभागि भएका थिए ।

प्राणी जगतमा व्यतित पापलाई मुक्ती र मोक्ष दिलाउनको लागि यस कार्यको आयोजना गरिएको कार्यक्रम संयोजक बुद्धीमान योञ्जनले जानकारी दिए । कार्यक्रममा बौद्ध धर्म प्रति आस्था राख्ने २ हजार भन्दा बढि व्यक्तिको उपस्थिती थियो ।

Facebook Comments Box