चैत्र २७,
२०७७,काभ्रे/
जिल्लाको रोशी गाउँपालिकाले पालिका भित्र रहेका ६ वडाका विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । आज (शुक्रबार) रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले वडा नं १ देखि ६ सम्मका विद्यालयलाई सो सामग्री वितरण गरेका हुन् ।

गाउँपालिका मार्फत सेती देवी प्रा.वि. राशी १, भुसुने कालीदेवी प्रा.वि. रोशी २, देवी मा.वि. रोशी ३, ज्वाला देवी प्रा.वि. रोशी ४, सिद्धार्थ प्रा.वि रोशी ५ र ठाकुर स्थान प्रा.वि. रोशी ६ लाई कम्प्युटर, थ्रि ईन् वान प्रिन्टर र युपीएस् १/१ थान वितरण गरिएको शिक्षा शाखा प्रमुख राम तामाङले जानकारी दिए ।


सामग्री हस्ताण्तरण समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष लामाले सरकारले प्रदान गरेको सम्पत्तिको सदुपयोग र संरक्षण गर्न अनुरोध गर्दै मुलुक परिवर्तन हुनको लागि दृढ ईच्छा नै पहिलो निष्कर्ष रहेको बताए । सामुदायिक विद्यालय सधै अभावमा नै खड्किरहेको हुन्छ । समस्याको बाबजुदपनि धेरै राम्रा पक्षहरुले फड्को मार्न सफल भएको पनि भएको बताए ।

यस्तै शिक्षा शाखा प्रमुख राम तामाङले रोशी गाउँपालिकाको वार्षिक नीति कार्यक्रम अन्तर्गत पालिका भित्र संचालित विद्यालयहरुलाई प्रविधि र कम्प्युटर शिक्षामा पहँुच पुर्याउन सामग्री वितरण गरिएको बताए । एक वडा, एक विद्यालय, एक कम्प्युट कार्यक्रममा सूचना प्रविधि मैत्री कक्षा व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत प्रदेश सरकार र संघीय सरकारको समन्वय र सहकार्य रहेको तामाङले बताए ।

Facebook Comments Box