चैत्र २७,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यक्ष जिम्बा सम्मानित भएका हुन् ।

देशकै कान्छो पालिका अध्यक्ष समेत रहेको जिम्वाले नेपाल राष्ट्रको गौरव एवं जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै विभूषित गरिएको सम्मान पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यक्ष जिम्बा विभूषित भएका हुन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएको भएनपनि कोभिड–१९ का कारण स्थगित थियो ।

Facebook Comments Box