रोशी सहकर्मी–मंङसिर ०९
धुलिखेल /

जिल्ला प्रहरी कार्यालय काभे्रले अहिले सम्मको ठूलो रकम सहित २३ जुवाडे पक्राउ गरेको छ । धुलिखेल नगरपालिका वडा न ९ रानाछापका महेश राउतको घरबाट नौ लाख ५७ हजार ८७० रुपयाँ सहित २३ जुवाडे पक्राउ जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख (एसपी) जयराज सापकोटाले जानकारी दिए ।
एसपी सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले गए राती नगद सहित जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा न.९ को रानाछाप बस्ने बर्ष ३७ का महेश रानाभाट, धुलिखेल न.पा. वडा न. ३ नयागाँउ बस्ने बर्ष ४१ को भिमसेन लामा, नुवाकोट शिबपुरी गाँउपालिका वडा न. ७ को सुनखानी गाँउ बस्ने बर्ष २८ का सन्तोष पाण्डे, धुलिखेल न.पा. वडा न. ३ नयागाँउ बस्ने बर्ष ३६ का कृष्ण कुमार तामाङ, नमोबुद्द नगरपालिका वडा न. २ को भकुण्डे बस्ने बर्ष ४२ का नेमा लामा, दोलखा मेलुङ गाँउपालिका वडा न. ३ को घ्याङटोल बस्ने बर्ष २९ का दिपक थोकर पक्राउ परेका छन ।
त्यस्तै नुवाकोट सिबपुरी गाउँपालिका. वडा न. ७ को सुनखानी बस्ने बर्ष २५ का प्रबिन पाण्डे, नमोबुद्द न.पा. वडा न. ३ को चरुवा बस्ने बर्ष ३६ का अर्जुन तिवारी, नुवाकोट लिखु गाँउपालिका वाड न.१ को खानिगाँउ बस्ने बर्ष २८ का नवराज सिंह, काठमाडौ महामनगरपालिका वडा न.३५ भई हाल नमोबुद्द नगरपालिका वडा न. ४ को मेथिनकोट बस्ने बर्ष ३५ का रमेश तिवारी, गोरखा सिरानचोक गाउँपालिका वडा न.५ को जरेबर टोल बस्ने बर्ष ३१ का अमृत बानिया, दोलखा बिगु गाँउपालिका वडा न. ४ को घडेरी बस्ने बर्ष ३८ को राजन शर्मा पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै झापा जिल्ला कमल गाँउपालिका वडा न.५को सिम्ले बस्ने बर्ष २८ का जितेन्द्र तामाङ, रोशी गाउँपालिका वडा न ७ कामिडाँडा बस्ने बर्ष ३६ का पुस्कर दर्जी, बनेपा नगरपालिका वडा न.११ को पाखुटोल बस्ने बर्ष ४२ का सुमन अधिकारी, बेथानचोक गाँउपलिका वडा न. २ को गेल्डुङ्ग बस्ने बर्ष ३२ को जयराम तिमल्सिना, चौरीदेउराली गाउँपालिका वडा नं. ५ को छगर बस्ने बर्ष ३७ का राम प्रसाद चौलागाई, पाँचखाल नगरपालिका वडा नं. ४ को बफेली बस्ने बर्ष ३५ को अच्यूत चौलागाई, महाभारत गाउँपालिका.वडा न. ३ हालको बनेपा नगरपालिका वडा न.१० ईट्टा भट्टा बस्ने बर्ष २४ का सुजन लामा, बनेपा नरपालिका वडा नं.११ भई हालको बनेपा वडा न.०६ बुडोल बस्ने बर्ष ४८ का सुजन के.सी. सिन्धुपलाञ्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. २ भई हालको काठमाडौं जिल्ला बौद्ध बस्ने बर्ष ३८ को नबिन गुरुङ, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ६ भई हाल काठमाडौं महानगरपालिका वडा न. २ को सतुङगल बस्ने बर्ष २८ का भुबन बलामी र मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ७ को शिखरकोट बस्ने बर्ष ३५ का बसुन्धरा के.सी पक्राउ परेका छन ।

Facebook Comments