सांकेतिक फोटो

यश कुमार परियार–चैत्र २८,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिका वडा नं ७ कांक्रेको जंगलमा भिषण आगलागि भएको छ ।

आगलागि स्थलबाट वडा अध्यक्ष धर्म लामाले दिएको जानकारी अनुसार कांक्रेको सिता घारी जंगल, घोर्रेटो भिर, पौवा डाँडामा आगलागि भईरहेको छ ।

आगो कसरी फैलिएको भन्ने जानकारी नभएको तर जंगलमा घाँस काट्न आएका व्यक्तिहरुले आगो लगाएको हुन सक्ने अनुमान गरिएको बताए ।

उनका अनुसार हावाको बेग सँगै तिब्र गतिमा फैलिरहेको आगो नियन्त्रण गर्न नमोबुद्ध नगरपालिकाको दमकल, स्थानिय, जनप्रतिनिधि, प्रहरी, २६ बाहिणी अड्डाका सेनाले प्रयास गरिरहेका छन् । तर आगो खर पाखा र रुखमा फैलिएकोले यहि रफ्तारमा आगो लागे तत्काल नियन्त्रण गर्ने सम्भावना नरहेको बताए ।

क्षतिको विवरण भने आउन बाँकि छ ।

Facebook Comments Box