यश कुमार परियार–चैत्र २९,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिका वडा नं ६ ठुलोपर्सेलका दिर्घरोगी र गर्भवती महिलाहरुलाई निशुल्क औषधि वितरण गरिएको छ । वडा कार्यलयले आर्थिक बर्ष २०७७/०७८ को योजना तथा हिउँदे अधिबेशनबाट संसोधित योजना जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सम्मान तथा आमा सुरक्षा औषधी कार्यक्रमलाई कार्यन्वयन गरिएको वडा अध्यक्ष विकुलाल तामाङले जानकारी दिए ।

शनिबार वडा अध्यक्ष तामाङले एक कार्यक्रमका बिच १०५ भन्दा बढि जेष्ठ नागरिक तथा दिर्घरोगीहरूलाई स्वास्थ्य परिक्षण साथै सम्मान गरी १ महिनाको लागि निशुल्क औषधी वितरण गरेका हुन् । भने १५ भन्दा बढि गर्भवती महिलाहरूको लागि गर्भवती समयमा नियमित ९ महिना सम्म खाने औषधी (क्यलसियम चक्की) वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।


सोहि अवसरमा गर्भवती महिलाहरुलाई १ दिने अन्तर्क्रियात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा ठूलोपर्सेलको सबै गर्भवती महिलाहरुको सहभागीता रहेको अध्यक्ष तामाङले जानकारी दिए । यस अघि वडा अध्यक्ष तामाङले कोरोना भाईरसको संक्रमणले देश लकडाउन भई जनजिवन कष्ठकर बनेको अवस्थामा पनि यो कार्यक्रम संचालन गरेका थिए । उक्त समयमा वडाका दिर्घरोगीहरु तथा जेष्ठ लागरिकलाई घर घरमा गई स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरि औषधि किन्न समस्या परेका नागरिकलाई १ महिनाको लागि औषधि निःशुल्क वितरण गरेका थिए ।

सम्बन्धित समाचारः

Facebook Comments Box