बैशाख २,
२०७८,काभ्रे/

जिल्लामा आज थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल, पाँचखाल नगरपालिका रोशी गाउँपालिकामा १/१ जना रहेका छन् । यो सँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय १८ पुगेको छ ।

काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ । जसमा १५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

काभ्रेमा आज तेस्रो चरणको खोप अभियान अन्तर्गत १ सय ३७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्यलयले जनाएको छ ।

Facebook Comments Box