रोशी सहकर्मी–मंङसिर ०९,
पाँचखाल/

जिल्लाको पाँचखाल नगरपालिकाको १३ वटै वडामा माटोको नमुना संकलन गरी जाँच गरिएको छ । पाँचखाल नगरपालिका, मसलाबाली अनुसन्धान केन्द्र, पाँचखाल र लवग्रीन नेपालको सहकार्यमा वडाका ५५० घरधुरीको ९८० वटा नमुनाहरु परीक्षण गरिएको हो ।
शिविरको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले माटोको गुणस्तर वृद्धि गर्न विगत ३ वर्ष देखि सहयोग गर्ने लवग्रीन नेपालाई धन्यवाद दिँदै अबको दिनमा कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे । माटो विशेषज्ञ जापानको फुकुसिमा विश्व विद्यालयका प्राध्यापक डा. श्री नोबुहिरो खानेकोले माटोको गुणस्तरमा ध्यान दिन सकेमा उत्पादनमा वृद्धि हुने बताए । बढि खनजोतले माटोको गुणस्तरमा असर पर्ने बताँउदै अहिले बजारमा आएका रासायनिक मल र विषदीको अत्याधिक प्रयोगका कारण यस्तो नगर्न आग्रह गरे । माटो परीक्षण कार्यमा विगत तीन वर्षदेखि जापानको फुकुसिमा विश्व विद्यालयका प्राध्यापक डा. श्री नोबुहिरो खानेको र सोही विषयमा विद्यावारिधी गरि रहेका नेपाली विद्यार्थी बिनय संगतले प्राविधिक सहयोग गरिरहेका छन् ।
प्रारम्भिकरुपमा देखिएको नतिजा अनुसार ६० प्रतिशत नमुनामा अम्लिय र ४० प्रतिशत अधिक अम्लिय देखिएको र नाईट्रोजन, पोटास र फस्फोरसको मात्रमा प्राय असन्तुलित देखिएका प्राविधिकहरुले बताए । २०७६ मंसिर ३ गते देखि ५ गतेसम्म माटो परीक्षण शिविर आयोजना गरिएकोमा माटोको नमुनाहरुको संख्यामा वृद्धि भएकोले एक दिन थप गरिएको थियो ।

Facebook Comments