बैशाख ५,
२०७८,काभ्रे/

स्थानीय तहको संस्थागत क्षमता मूल्यांकनका लागि कर्मचारी तथा पदाधिकारीहरुलाई अनुशिक्षण कार्यक्रमको सुरुवात भएको छ । रोशी गाउँपालिकाको आयोजना, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रदेश सुशासन केन्द्रको प्राविधिक सहयोगमा उक्त अनुशिक्षण कार्यक्रम सुरु गरिएको हो ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखा जोखा गरी सबल र सुधार गर्नुपर्ने पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमि कमजोरीहरुको बारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । यस्तै गाउँपालिका तथा नगरपालिकाहरु बिचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन यस कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

आज ५ गते सुरु भएको कार्यक्रम ८ गते सम्म रहने प्रशासन प्रमुख धनवीर लामाले जानकारी दिए ।

Facebook Comments Box