बैशाख ६,
२०७८, बनेपा
/
नेपाल बिद्यार्थी संघ काभ्रेले नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बृद्धबृद्धालाई खाद्य सामग्री लगायत सहयोग उपलब्ध गराएको छ ।
काभ्रेको बनेपामा रहेको बनेपा बृद्धा आश्रममा रहेका बृद्धबृद्धालाई खाद्य सामग्री, स्यानिटाईजर, माक्स लगायतका सामग्री नेविसंघले सहयोग गरेको हो । नेबिसंघको स्थापना दिवसको अवसर पारेर उक्त सामग्री आज (सोमबार) वितरण गरिएको नेविसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी दिए । उक्त सामग्री नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादे, नेपाल बिद्यार्थी संघका पूर्व सहमहामन्त्री माधव ढकाल, जिल्ला अध्यक्ष बादे लगायत वितरण गरेका थिए ।

नेबिसंघ काभ्रेका सचिव दिलिप आचार्यले चामल, दाल, चिनी, तेल, नुन लगायतको खाद्यन्न र कोरोनाबाट बच्नका लागि स्यानिटाइजर र माक्स वितरण गरेको जानकारी दिए । विभिन्न वडाका वडा अध्यक्ष, नेपाली काँगे्रसका जिल्लास्तरीय नेता, नेविसंघका नेताको उपस्थिती रहेको थियो ।

Facebook Comments Box