रोशी सहकर्मी–मंङसिर १०,
महाभारत (कुपिन्टार)/

२०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका वडा नं. २ कुपिन्टारस्थित कालिवेदी माध्यमिक विद्यालयको नवनिर्मित तीन कोठ विद्यालय भवन हस्तान्तरण गरिएको छ । सडक सुविधा पुग्न नसकेको सो क्षेत्रमा पक्कि भवन निर्माण गर्न नसकेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाइ(शिक्षा) काभ्रेमार्फत पर्मानेन्ट ट्रस्ट भवन निर्माण गरिएको हो । उक्त अवसरमा चाईना फाउण्डेशन नेपालको सहयोगमा विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यले विद्यालयका करिब ३ सय विद्यार्थीहरुका लागि झोला र स्टेशनरी सामग्री पनि वितरण गरिएको छ ।
३० लाख ४२ हजार ९८ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन जिल्ला आयोजना कार्यान्वयन ईकाइ(शिक्षा) काभ्रेका ईञ्जिनियर सोभित श्रेष्ठ र सव–ईञ्जिनियर सविन कायस्थले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद रत्न ढकालले सडकको अभाव भएर विद्यालयको पक्कि भवन निर्माण गर्न नसकेको कारण सो कार्य सम्पन्न गर्न प्रदेश सरकारको पूर्वाधार साझेदारी विकास कोषबाट दश लाख रुपैया विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यस कार्यका लागि गाउँपालिका र प्रदेश सरकारसंग समन्वय गरेर छिट्टै समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ(शिक्षा) काभ्रेका ईञ्जीनियर सोभित श्रेष्ठले विधालयको अभावलाई मध्यनजर गदै राहत दिनको लागि तीन कोठे भवन निर्माण गरेको बताउदै सामान ढुवानी गर्न बाटो अभावका कारण विद्यालय भवन निर्माणको पहीलो बर्षमा ९४ लाखको भवन फिर्ता भएको बताए । बाटोको सुविधा पुग्ने वित्तिकै भवन निर्माणको कार्यलाई तिव्र गतिमा अगाडी बढाउने बताए ।

Facebook Comments