बैशाख १०,
२०७८,काभ्रे/

बस्तिका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको जनकल्याण माध्यमिक बिद्यालय बन्द गरिएको छ । बिहिबार वडाका २ जना महिलामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा ६५ र ३५ वर्षिय महिला रहेको वडा अध्यक्ष सञ्जिव ढकालले जानकारी दिए ।

बुच्चाकोट स्थित खावा निवासी उनिहरुलाई कोरोना पुष्टि भएपछि सोहि स्थानका १२ जनालाई कोरोना संग मिल्ने लक्षण देखिएको र स्वाव संकलन गरि धुलिखेल अस्पताल पठाईएको उनले जानकारी दिए ।

स्थानियहरुमा कोरोना भएपछि स्थानिय जनकल्याण माध्यमिक बिद्यालय ७ दिनको लागि बन्द गरिएको वडा अध्यक्ष ढकालले जानकारी दिए । अहिले संक्रमण पुष्टि हुने र स्वाव संकलितहरु होम आईसोलेसनमा नै रहेको वडा अध्यक्ष ढकालले जानकारी दिए ।

यस अघि ‘जनकल्याण माध्यमिक बिद्यालयकी शिक्षिकामा कोराना संक्रमण पुष्टि ‘ भनिएकोमा सच्याईएको छ ।

Facebook Comments Box