बैशाख १०,
२०७८,काभ्रे/

पछिल्ला केहि दिनमा निरन्तर कोरोना संक्रमितको दर वृद्धि भईरहेको समयमा काभ्रे जिल्लामा पनि संक्रमण बढ्दै छ । जिल्लामा आज (शुक्रबार) एकै दिन २३ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ६ जना, बनेपा र पाँचखालमा ४/४, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा २/२, रोशी गाउँपालिकामा २ र चौरिदेउराली गाउँपालिकामा १ जना गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस अघि हिँजो १९ जनामा कोरोना पुष्टि भएको थियो ।

यो सँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय ९० पुगेको छ । जसमा सक्रिय कोरोना संक्रमितको संख्या ८२ रहेको छ भने ३४ सय ८ जना निको भईसकेका छन् । आज ५ जना कोरोना संक्रमण मुक्त भएको डा. झाले जानकारी दिए ।

यसैबिच, काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या १ हजार ५१९ रहेको छ । वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाका अनुसार आज धुलिखेल अस्पतालमा ११०० जना, मेथिनकोट अस्पताल नमोबुद्धमा १४९ र समाज कल्याण प्रावि पाँचखालमा २७० जना गरि जम्मा १ हजार ५१९ जनाले खोप लगाएका हुन् ।

Facebook Comments Box