यश कुमार परियार–बैशाख १२,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ७ स्थित कटुञ्जे थुम्काको जंगलमा भिषण आगलागि भएको छ । हिँजो (आईतबार) नमोबुद्ध नगरपालिका स्थित १ नम्बर पुलबाट लाग्न सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

रोशी गाउँपालिका वडा नं ७ का अध्यक्ष पोष्टराज गौतमले भने नमोबुद्ध नगरपालिकाबाट केहि समय अघि मात्रै आगो कटुञ्जे थुम्कामा पसेको हो । आगलागि भएको स्थानमा दमकल जान सक्ने अवस्था नरहेको र मान्छे पनि जान सक्ने अवस्था नरहेको बताए ।

रात परेकाले अहिले नियन्त्रण गर्ने प्रयास स्थगित गरेको र आगलागिबाट बस्ति भेट्ने सम्भावना तत्काल नरहेको उनले बताए ।

Facebook Comments Box