बैशाख १२,
२०७८,रामेछाप/

जिल्लाका दुई जना शिक्षक र चार जना विद्यार्थीसहित थप नौँ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं. ४ मा रहेको शिव आधारभूत विद्यालय र भूमेश्वर विद्यालयमा अध्यापन गराउँदै आएका एक÷एक जना शिक्षिका, वर्ष १५-१५, १३ र ५ का चार जना छात्रहरुमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही स्थान बस्ने ७० वर्षीय पुरुष, वर्ष ३६/३६ का दुई जना महिलामा कोरोना पुष्टि भएको हो ।

यही वैशाख १० गते १६ जनाको नमुना स्वाव सङ्कलन गरी कोरोना भए नभएको पहिचान गर्नका लागि सिन्धुली कोभिड अस्पलता पठाइएकोमा नौ जनाको रिपोर्ट पोजेटिभ र सात जनाको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए । आइतबार थप भएका नौ जनासहित जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २३५ जना पुगेको छ । त्यसमध्ये सक्रीय सङ्क्रमित ११ जना छन् ।

यसैबीच, रामेछापमा एक हजार ६०० भन्दा बढीले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका छन् । पहिलो चरणमा खोप लगाएका दुई हजार ११४ जनालाई दोस्रो डोज खोप लगाउने लक्ष्य भएपनि खोप अभावका कारण खोप लगाउन नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments Box