रोशी सहकर्मी–मंङसिर १०,
काभ्रे/

काभ्रे जिल्लामा रहेका विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएको मोटरसाईकल व्यवस्थापन गर्न कठिन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक लगायतका चौकीमा जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानूनी कारवाहीमा परेका मोटरसाईकल व्यवस्थापन गर्न कठिन हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए । कार्यलयमा हाल ५१ वटा मोटरसाईकल रहेको छ । यस्ता मोटरसाइकल भन्सारमा बुझाउनुपर्ने भएपनि प्रक्रिया झन्झटिलो भएका कारण थुपारेर राखिएको उनले बताए । चेक जाँचको क्रममा मोटरसाइकलको आधिकारिता खोजिने तर, त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाइकल थुप्रिएको हो । त्यस्तै अन्य इलाका प्रहरी र चौकीमा २० देखि २५ मोटरसाइकल रहेका छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अभिलेखमा नदेखिएको २०, बेवारिसे १८, सवारी दुर्घटनको नौ, पाँच वर्ष अवधि नवीकरण फेल भएका तीन र शङ्कास्पद एक गरी ५१ मोटरसाइकल थुपारेर राखिएको छ ।

Facebook Comments