बैशाख १३,
२०७८,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि स्थानिय स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय जनगाणना कार्यलय बाग्मती प्रदेशको आयोजनामा नमोबुद्ध र रोशीमा सचेतना कार्यक्रम भएको हो ।

मेरो गणना, मेरो सहभागिता भन्ने मुल नारा सहित सुरु हुने २०७८ को जनगणनाको निमित्त आम नागरिकलाई सचेत गराउन सम्बन्धित सरोकारवाला निकायलाई गोष्ठीमा प्रस्तुतिकरण गरिएको थियो ।

नमोबुद्ध नगरपालिकामा स्थापित स्थानिय जनगणना कार्यलयले नमोबुद्ध र तेमाल गाउँपालिका समेट्छ भने रोशी गाउँपालिकामा स्थापित कार्यलयले भने रोशी, महाभारत र खानीखोला गाउँपालिका समेट्ने छ ।
नमोबुद्धमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना थिए भने प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा नमोबुद्ध र तेमालका जनप्रतिनिधिहरु साथै विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति थियो ।

यस्तै रोशीमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य ललिता किङरीङको प्रमुख आतिथ्यता थियो भने रोशी, महाभारत र खानीखोलाका संयोजक धनविर लामाको सभाध्यक्षता थियो । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, उपाध्यक्ष लक्ष्मी बर्तौला, रोशी, महाभारत र खानीखोलाका जनप्रतिनिधि साथै नागरिकहरुको उपस्थिति रहेको प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए ।

Facebook Comments Box