बैशाख १४,
२०७८,काभ्रे/

जिल्लामा मंगलबार थप २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् । उनका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकामा ११ जना, धुलिखेलमा ७, पनौतीमा ३, पाँचखाल नगरपालिकामा २ जना गरी जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो ।

काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय ६९ पुगेको छ । जसमा ७७ जना महिला र ७४ जना पुरुष गरी १५१ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबिच काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या ५१४ जना रहेको छ । आज जिल्ला स्वास्थ्य कार्यालयमा ३३९ जना र धुलिखेल अस्पतालमा १७५ गरी जम्मा ५१४ जनाले खोप लगाएको कार्यलयले जनाएको छ ।

Facebook Comments Box