रोशी सहकर्मी–मंङसिर १०,
तेमाल/

तेमाल गाँउपालिकामा योजना सम्झौता कार्यक्रम सुरु भएको छ । आ.व २०७६/०७७ को बजेट योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सुरुवातमा वडा नं ६ ठुलोपर्सेबाट थालिएको गाँउपालिका उपाध्यक्ष दुर्गामायाँ तामाङले जानकारी दिईन् । कार्यक्रममा प्रमुख प्रशसकिया अधिकृत लक्ष्यमन कुईकेल वडा अध्यक्ष विकुलाल तामाङ , योजना शाखा प्रमुख राजकुमार तामाङ, वडा सचिव रामराज खरेलको उपस्थिती रहेको थियो । गाँउपालिका उपाध्यक्ष दुर्गामाँया तामाङले सामाजिक संजालमार्फत योजना सम्झौता गर्नाको लागि उपस्थित भएर सहयोग गर्ने सबैलाई र कार्यक्रमको निमित्त सहज वातावरण निर्माण गरिदिएकोमा वडा अध्यक्ष लगाएत वडा परिवारलाई धन्यवाद दिएकी छन् ।

Facebook Comments