बैशाख १५,
२०७८,काभ्रे/

जिल्लाको सदरमुकाम धुलिखेलमा रहेको धुदिखेल अस्पतालमा ५ सय रुपौँयामा नै पिसिआर परिक्षण हुने भएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण तीव्र भइरहँदा धुलिखेल अस्पतालले ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको हो ।

अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले स्थानीय स्तरमा संक्रमण नियन्त्रणमा राख्न सहयोग पुगोस् भनेर बढीभन्दा बढी व्यक्तिमा कोरोना परीक्षण गर्ने व्यवस्था गरेको बताए । उनका अनुसार वैशाख १५ देखि जेठ १५ गते (१ महिना) सम्म न्यूनतम शुल्कमा पिसिआर परीक्षण गरिनेछ ।

सरकारले पीसीआर परीक्षणका लागि सरकारी स्वास्थ्य संस्थामा १ हजार र निजीमा २ हजार रुपैयाँ शुल्क तोकेको छ । धुलिखेल अस्पतालले भने आर्थिक क्षमता कमजोर भएको स्वःघोषणा गर्ने व्यक्तिलाई निःशुल्क परीक्षणको व्यवस्था पनि मिलाइएको माकजूले बताए ।

Facebook Comments Box