बैशाख १५,
२०७८,काभ्रे/

जिल्लामा आज बुधबार एकैदिन ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाका अनुसार पनौती नगरपालिकामा मात्रै २४ घण्टाभित्र २४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै धुलिखेल नगरपालिकामा ११, बनेपा नगरपालिकामा ८ जना, पाँचखाल नगरपालिकामा २ जना, र नमोबुद्ध नगरपालिकाबाट १ जनामा संक्रमण पहिचान भएको छ । यसैगरी, बेथानचोक गाँउपालिका र खानीखोला गाँउपालिकामा पनि १÷१ जनामा संक्रमण पुष्टि भएको छ । डा. झाका अनुसार बुधबार थपिएका ५० सहित काभ्रेमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ६ सय १९ पुगेको छ ।

काभ्रेमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ भएको छ । संक्रमित मध्ये १९६ जना होम आइसोलेसनमा र ५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये धुलिखेल नगरपालिकाका सबैभन्दा धेरै ५७ जना रहेका छन् भने बनेपा र पनौतीका समान ४९ जना रहेका छन् ।

Facebook Comments Box