बैशाख १९,
२०७८,काभ्रे/

कोरोना भाईरसबाट संक्रमितहरुको व्यवस्थापनको निम्ती जिल्लाको नमोबुद्ध नगरपालिका स्थित जनक विद्यालयमा २५ शैयाको आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक र जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ)काभ्रेपलाञ्चोकको बैशाख १२ गतेको निर्णयानुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भित्र कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित हुने नगर÷गाउँबासीहरुको व्यवस्थापनको लागि संयुक्त रुपमा आईसोलेसन सेन्टर स्थापना गर्न नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टि.पि. शर्मा तिमल्सिना र रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो सँगै नमोबुद्ध नगरपालिकाले वडा नं ४ स्थित मेथिनकोट अस्पताल सँगै रहेको जनक बहुमुखी क्याम्पसमा आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाइएको छ ।

गत बर्ष पनि नमोबुद्ध नगरपालिकाले जनक बहुमुखी क्याम्पस हातामै आइसोलेसन एवं क्वारेन्टाइन सञ्चालन गरेको थियो । यस बर्ष डिसिसिएमसीले कोभिड १९ का बिरामीको उपचारका लागि धुलिखेल र शिर मेमोरियल अस्पतालसँगै मेथिनकोट अस्पतालमा पनि आवश्यक तयारी सुरु गरिएको छ ।

Facebook Comments Box