बैशाख १९,
२०७८,काभ्रे/

जिल्लाका एक पुरुषको कोरोना संक्रममित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपाका एक ६१ बषिय पुरुष छन् । उनको आइतवार विहान धुलिखेल अस्पतालमा मृत्यु भएको हो । धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठका अनुसार बैशाख १५ गते कोभिड को पुष्टि भएको थियो ।

निमोनिया, स्वाास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको उनको आईतवार मृत्यु भएको हो ।उनी प्रेसर, थाईराईड तथा दमका समेत विरामी थिए ।

योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

Facebook Comments Box