बैशाख १९,
२०७८,काभ्रे/

जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज थपिएका ४१ जना मध्ये बनेपा नगरपालिकाका २७ जना , धुलिखेलमा ८ जना, पाँचखालमा ३ जना, पनौती नगरपालिकामा १ जना छन् ।

यस्तै बेथानचोक र तेमाल गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ
काभ्रेमा यो सँगै कुल कोरोना संक्रमित संख्या ३८ सय ७५ पुगेको छ । काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या ४४९ पुगेको छ । जसमा २०७ जना महिला र २४२ जना पुरुष रहेका छन् ।

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुष हुन् भने अर्का ललितपुरका ६० वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Facebook Comments Box