यश कुमार परियार–बैशाख २१,
२०७८,काभ्रे/

जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार काभ्रेका ४, भक्तपुरका २ र महोत्तरीका १ जनाको मृत्यु भएको हो ।

बनेपा स्थित शिर मेमोरियल अस्पतालमा बनेपा घर भएकी ६२ वर्षीया महिलाकाको मृत्यु भएको छ । अर्का बनेपाका ४० वर्षीय व्यवसायी पुरुष अक्समात ढलेपछि अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । यस्तै मण्डनदेउपुरका ७८ वर्षीय पुरुषको पनि सोहि अस्पतालमा मृत्यु भएको डा. झाले जानकारी दिए । यस्तै उपचारको लागि धुलिखेल अस्पतालमा रहेकी पनौती घर भएकी ८० वर्षिय महिला, भक्तपुरका ६२ वर्षीया महिला र ६७ वर्षीय पुरुष र महोत्तरी जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको हो । यो सँगै काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जसमा ५४ जना काभ्रे जिल्लाका हुन भने २४ जना अन्य जिल्लाका हुन् ।

थप ८२ जनामा कोरोना पुष्टि, ९ जना कोरोना मुक्त

यस्तै काभ्रेमा आज (मंगलबार) थप ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका मात्रै ४३ जना रहेका छन् । यसैगरी धुलिखेल नगरपालिकामा २० जना, पनौतीमा ९, नमोबुद्धमा ४, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १/१ जना रहेका छन् । यस्तै चौरिदेउराली गाउँपालिकामा २, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा १/१ जना गरी जम्मा ८२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।

अब काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २६ पुगेको छ । जसमा २८५ जना महिला र ३४१ जना पुरुष रहेका छन् । जिल्लामा आज ९ जना कोरोना संक्रमण मुक्त भएको डा. झाले जानकारी दिए ।

Facebook Comments Box