बैशाख २२,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकामा भोलीदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ ।

गाउँपालिकाले आज एक सुचना जारी गर्दै दोस्रो चौमासिक बापतको रकम वितरण गर्न लागिएको जनाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भाईरसको संक्रमण फैलन सक्ने भएकाले प्रत्येक वडालाई मिति तोकिएको प्रमुख प्रशासकिय अधिकृत लक्षमण कुइकेलले जानकारी दिए ।

पालिकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिने भएकाले सामाजिक सुरक्षा भत्ता लिन पोखरीनारायस्थानमा जानु पर्ने उनले बताए । उनका अनुसार भोलीबाट वडा अनुसार जेठ २ गतेसम्म भत्ता वितरण गरिने छ । सुचनामा २३ गते वडा न ५, २४ गते वडा न ७, २६ गते वडा न ४, २७ गते वडा न ६, २८ गते वडा न ३, २९ गते वडा न ८, ३० गते वडा न ९, ३१ गते वडा नं १ र जेठ २ गते वडा न २ का नागरिकका लागि भत्ता वितरण गरिने छ ।

सेवाग्राहीले सक्कल नागरिकता र भत्ता कार्ड साथै लिएर जानु पर्ने छ । बैंकमा खाता खोलेका भत्ता पाउने ब्यक्तिले सक्कल नागरिकता, भत्ता कार्ड र दुईप्रति फोटो लिएर जान पनि गाउँपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box