बैशाख २३,
२०७८,काभ्रे/

निषेधाज्ञाको मौका छोपी गन्तब्य सम्म पुर्याउन यात्रुसँग चर्को भाडा असुल्ने हायस चालकलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा यात्रुसँग चर्को भाडा असुल्ने चालकलाई जिल्ला प्रवेश नाका साँगाबाट सवारी चालक सुरज भण्डारीलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् ।

काठामाडौँबाट जनकपुर जाँदै गरेको बा ४ ख ४१८७ नम्बरको हाएसले प्रति ८ सय गाडी भाडा लिनुपर्नेमा प्रतिव्यक्ति ५ हजार लिएको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार गाडीमा १५ जना यात्रु सवार थिए । नियन्त्रणामा लिइएका चालकलाई कानुन अनुसारको कार्वाही गरिने कार्यालयले जनाएको छ ।

Facebook Comments Box