बैशाख २३,
२०७८,रामेछाप/

कोरोना भाईरसको संक्रमण अप्रत्यासित रुपमा बढेपछि रामेछापमा जारी निषेधाज्ञालाई थप कडा गरीने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले भोली (शुक्रबार) देखि लागू हुने गरी निषेधाज्ञालाई थप कडा गरीने जनाएको छ । मन्थलीमा आज (बिहिबार) मात्र थप २६ जना गरी जिल्लामा २९ जनामा कोरोना संक्रमण देखिएपछि जारी निषेधाज्ञालाई थप कडा परिने भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले भोलीदेखि अत्यावश्यक सेवाका वैक तथा वित्तिय संस्था १० बजदेखि १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताए । जिल्लामा बिहान मात्र खाद्यन्न लगायतका पसल सञ्चालन गर्न नियम लागू गरिएको छ ।

आज (विहीबार) पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाका २६ र रामेछाप नगरपालिकाका ३ जना गरी २९ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा कोरोनाका संक्रमितको संख्या ७६ जना पुगेको छ ।

Facebook Comments Box