रोशी सहकर्मी–मंङसिर ११,
भकुण्डेबेशी/

संघीय निर्वाचन क्षेत्र नं १ को नेपाली काँगे्रस काभे्रले समायोजन सकेको छ । खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, राशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र चौँरीदेउराली गाउँपालिकामा संघीय संरचना अनुसारको समायोजन सम्पन्न भएको नेपाली काँगे्रस संघीय निर्वाचन क्षेत्र नं. १ का सचिव गुणराज मुक्तानले जानकारी दिए । मङसिर ५ गतेबाट समायोजन सुरु गरेको काँगे्रसले १० गते समापन गरेको सचिव मुक्तानले बताए ।
उनका अनुसार खानीखोला गाउँपालिकामा साविक साल्मेचालक गाविसका सभापति षडानन्द आचार्य चयन भएका छन् । सहसभापतिमा ४ जना चयन भएका छन् । साविक मिल्चे, सल्धारा, फलामेटार र डाँडागाउँका सभापति उपसभापति चयन भएका हुन । त्यस्तै खानीखोला गाउँपालिकाका ७ वटै वडाको वडा सभापति सहित कार्यसमिति चयन भएका छन् ।
त्यस्तै महाभारत गाउँपालिका सभापतिमा साविक बनखुचौर गाविसका सभापति अफिलध्वज वाइवा चयन भएका छन् । त्यस्तै उपसभापतिमा घर्तीछाप, गोकुले, बुढाखानी र फोक्सिङटार साविक गाविसका सभापति सहसभापतिमा चयन भएका छन । त्यस्तै एक जना उपसभापतिमा चयन भएका छन । फोरम लोकतान्त्रिक समायोजनबाट उपसभापति चयन भएका हुन । महाभारतका ८ वडा मै कार्यसमिति चयन भएको काँगे्रसले जनाएको छ ।
रोशी गाउँपालिकामा साविक भीमखोरी गाविसका सभापति लालकुमार पाख्रिन चयन भएका छन् । उक्त गाउँपालिकामा ८ सहसभापति र २ उपसभापति चयन भएका छन । साविक बाल्टिङ, खार्पाचोक, मंगलटार, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे र खहरेपाँगुका सभापति सहसभापति चयन भएका छन । रोशीका १२ वटै वडामा वडा कार्यसमिति चयन भएको छ ।
नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा सभापतिमा चयन भएका छन । उक्त नगरमा एक जना उपसभापति चयन भएका छन । ११ वटै वडामा नयाँ कार्यसमिति चयन भएका छन । तेमाल गाउँपालिकामा साविक पोखरीनारायणस्थानका सभापति तेमालसिंह तामाङ सभापति चयन भएका छन । ठूलोपर्सेल, मेच्छे, सस्युर्खक, सरमथली, बोल्दे र चापाखोरीका सभापति सहसभापति चयन भएका छन । तेमालका ९ बटै वडामा कार्यसमिति समेत चयन भएका छन ।
त्यसैगरी चौँरीदेउराली सभापतिमा पूर्णबहादुर तामाङ चयन हुनुभएको छ । साविक धुसेनीशिवालयका सभापति तामाङ चौँरीदेउराली गाउँपालिका सभापति चयन भएका हुन । आठ सहसभापति चयन भएको उक्त गाउँपालिकामा साविक कात्तिकेदेउराली, माझीफेदा, नागे्रगगर्चे, माँदनकुडारी, पोखरीचौँरी, गोठपानी र विर्तादेउराली गाविसका सभापति उपसभापति चयन भएका हुन । चौँरीदेउरालीका ९ वटै वडामा कार्यसमिति चयन भएका छन ।

Facebook Comments