बैशाख २४,
२०७८,काभ्रे/

विश्व आक्रन्त भाईरहेको यस विषम परिस्थितिमा अग्रभागमा खटेर काम गर्ने जिल्लाका पत्रकारहरुलाई नेपाल प्रेस युनियन काभ्रे शाखाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । बनेपामा एक समारोहका बिच अग्रभागमा खटेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई मास्क, सानीटाइजÞर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

नेपाल प्रेस युनियन काभ्रे शाखाका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष भोला थापा, नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर वैद्य, धुलिखेलको बलराम फार्मेसीका सञ्चालक बलराम थापा, व्यवसायी प्रदिप बोगटी, नेपाल विद्यार्थी संघ बनेपाका सभापति यशकुमार रञ्जितले माक्स र सेनिटाइजर उपलव्ध गराएका थिए ।

सामाग्री हस्तान्तरण गर्दै बलराम फार्मेसी धुलिखेलका सञ्चालक बलराम थापाले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन काभ्रे शाखाका सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीको लागि औषधीमा दश प्रतिशत छुट दिने बताएका छन् । समारोहमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना र प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला लगायत पत्रकारहरुको उपस्थिति थियो ।

Facebook Comments Box