बैशाख २६,
२०७८,काभ्रे/

एक साता अघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लगाएको आंशिक निषेधाज्ञा एक साता थपिने भएको छ । जिल्लामा कोभिड १९ का विरामीहरु बढ्दै गए पछि आईतबार राति १२ बजेसम्मको निषेधाज्ञाको अवधी बढाएर जेठ २ गते सम्म पुर्याईएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको बताए । कोभिड संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले एक साताका लागि निषेधाज्ञाको अवधी बढाईएको बताए ।

बैशाख २६ गते आईतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोश्रो अवधी जेठ २ गते राति १२ बजेसम्म कायम हुनेछ । बैशाख २८ गते आमाको मुख हेर्ने दिन भएकाले उक्त दिन घुँईचो हुने कुरालाई मध्यनजर गरी प्रशासनले कडाईका साथ निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय चौकी तथा मातहतका निकायहरुलाई निर्देशन दिईसकेको छ ।

निषेधाज्ञामा तरकारी, दुध, पानी ट्याङ्कर, तेल, एम्बुलेन्स, सेना, प्रहरीको गाडी सहित जरूरी पाए लिएका सवारी साधन मात्रै गुड्न पाउनेछन् । अन्य सार्वजनिक यातायातका साधन चल्न पाउने छैनन् ।
घर बाहिर हिडडुल गर्न पाइने छैन् । कलकारखाना, विद्यालय पूर्ण रुपमा बन्द हुनेछ । बैंक तथा वित्तीय संस्था आंशिक खुल्ने छन् । भेला, बैठक, सभा, सम्मेलन गर्न पाईने छैन । पार्टी प्यालेस, जिमखाना, ब्यूटी पार्लर, शैलुन, मनोरञ्जन स्थलहरू बन्द हुनेछ । औषधी, तरकारी, खाद्यान्न पसल भने जनस्वास्थ्यको पूर्वपालना गरेर खुल्नेछ ।

Facebook Comments Box