बैशाख २६,
२०७८, सिन्धुली/

जिल्लामा पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरसको सङक्रमण बढेसँगै सदरमुकाम सिन्धुलीमाढीमा ५० शथ्याको कोभिड अस्पताल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।

कमलामाइ नगरपालिका–६ शिवनगरमा गत वर्ष निर्माण गरिएको आइसोलेसन भवनमा ५० शथ्याको कोभिड अस्पताल सिन्धुली अस्पतालको मातहतमा रहने गरी सञ्चालनमा ल्याईएको हो । उक्त कोभिड अस्पतालमा अब ४७ जनासम्म कोराना भाइरस सङ्क्रमित बिरामीलाइ अक्सिजन दिएर भेन्टिलेटरमा राख्न सकिने सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए । उनका अनुसार उक्त कोभिड अस्पतालमा तीन बेडको आइसियू भने सञ्चालनमा आएको छैन् ।

सङ्क्रमितलाइ आवश्यक पर्ने सबै किसिमको सुविधा अत्याधुनिक बेडमै जडान भएको उक्त अस्पतालका अध्यक्ष पोख्रेलले सुनाए । सङ्क्रमितलाई चाहिने इयरड्यू, अक्सिजन लगायतका औषधिहरु भर्ना भएको बेडमै जडान हुने भएकाले सुविधा पर्याप्त भएको उनको भनाइ छ ।

Facebook Comments Box