बैशाख २६,
२०७८,काभ्रे/

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो नीजि सहित पालिकाको ३ वटा सरकारी गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने घोषणा गरेका छन् ।

नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड–१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड–१९ का बिरामी बोक्नका लागि दिने भएका छन् ।

नगरप्रमुख खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड–१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि बा १ झ ९१०९, बा १९ प ५६६८ र बा २ झ १४९४ नम्बरको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको बताए ।

Facebook Comments Box