बैशाख २६,
२०७८,काभ्रे/

जिल्लको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पताललाई लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले एक करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण अक्सिजनको अभावले बिरामीहरुको ज्यान जान थालेपछि शाहले अक्सिजन प्लान्ट र अस्पतालको आईसीयू विस्तारका लागि उक्त रकम उपलब्ध गराउने भएका हुन् । कोरोनाका कारण अहिले देशभर अक्सिजनको हाराकार भएकाले त्यसलाई न्यूनीकरण गर्न सहयोगी हात अगाडि बढाएको शाहको भनाइ छ ।

नेपालकै सबैभन्दा ठूलो व्यक्तिगत करदाता शाहले अस्पताललाई आवश्यकताअनुसार अक्सिजन आपूर्ति प्रणाली उपकरण खरिद र त्यसबाट बचेको रकम आईसीयूका साथै अन्य सेवामा खर्च गर्ने गरी रकम उपलब्ध गराउने भएको जावलाखेल ग्रुपले जनाएको छ ।

Facebook Comments Box