बैशाख २६,
२०७८,काभ्रे/

जिल्लामा कोरोना संक्रमित र मृतक दिनानुदिन बढेसँगै यसको नियन्त्रण र रोकथाम गर्न जिल्लका अस्पताल र जिल्ला प्रशसन कार्यलय बिच ३ बुँदे सहमती भएको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र बनेपाका ४ अस्पतालका पदाधिकारी सँग ३ बुँदे सहमति भएको हो । बनेपा अस्पताल, सत्य साई अस्पताल, सद्भाव अस्पताल, कृष्ण प्रसाद अस्पतालले आफुसँग भएका एम्बुलेन्स धुलिखेल अस्पताल मातहत रहने गरी कोरोना संक्रमित बिरामीको ओसार पसार गर्न दिने भएका छन् । त्यसैगरि धुलिखेल अस्पताललाई यी ४ वाटै अस्पतालले ५/५ वटा अक्सिजन सिलिण्डर सहयोग गर्ने । जुन कोरोना भाईरस नियन्त्रणमा आएपछि सम्बन्धित अस्पतालले फिर्ता पाउने छन् । सहमति भएका ४ अस्पतालले पनि आवश्यक परे कोरोना संक्रमितको उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा कोरोना संक्रमित बाहेकका बिरामीको उपचार गर्न समस्या भईरहेको भन्दै सहुलियत शुल्कमा, गुनासो नआउने गरि त्यस्ता बिरामीको उपचार गर्ने सहमति पत्रमा उलेख गरिएको छ ।

Facebook Comments Box