बैशाख २६,
२०७८,काभ्रे/

नेपाली काग्रेंस प्रतिनिधिसभा क्षेत्र नं. २ का सभापति एवं पूर्व राज्यमन्त्री कन्चनचन्द्र बादेले आफ्नो नीजि सवारी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन् ।

पछिल्ला दिन काभ्रेमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गईरहेको छ । जिल्लामा एम्बुलेन्सको मात्रा कम भएको र जुनै पनि समयमा एम्बुलेन्स आवश्यक पर्ने भएकोले आफ्नो निजि सवारीलाई एम्बुलेन्स बनाई सेवामा खटाईएको बादेले बताए ।

पूर्वमन्त्री बादेले काभ्रे अटोमेकानिक्स व्यवसायी संघसँगको सहकार्यमा आफ्नो नीजि गाडीलाई एम्बुलेन्स बनाएका हुन् । बादेको यो कदमलाई उनका समर्थक साथै नागरिकहरुले खुलेर प्रशंसा गरेका छन् । उनले सबैमा धन्यवाद दिँदै चर्चा कमाउन नभई सहयोगि भावना अनुरुप काम गरेको प्रतिक्रिया दिए । साथै उनले आगामि दिनमा थप सहयोग गर्ने बताएका छन् ।

Facebook Comments Box