बैशाख २६,
२०७८,काभ्रे/

जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको दुई वटा गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्ने भएको छ ।

पछिल्ला दिन जिल्लामा कोरोना भाईरसको संक्रमण र यसबाट आईपर्ने समस्यामा एम्बुलेन्सको अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठले प्रयोग गर्दै आएको दुवै गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्न लागिएको हो ।

कोरोना नियन्त्रणमा गाउँपालिका लागिरहेको बताउँदै कोहि कसैलाई समस्या परेमा सम्पर्क गर्न अध्यक्ष कुँवरले गाउँवासीलाई अनुरोध गरेका छन् ।

Facebook Comments Box