बैशाख २६,
२०७८,ओखलढुङ्गा/

कोरोना सङ्क्रमणको दर बढ्दैगएपछि ओखलढुङ्गामा आज रातीदेखि निषेधाज्ञा लागुहुने भएको छ ।

ल्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले २ साता लामो निषेधाज्ञा जारी गरेको हो । संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार आज राती १२ बजे देखी जेठ ९ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताईन् ।

गाउँ गाउँमासमेत कोरोना सङ्क्रमण फैलिएकाले निषेधाज्ञा कडाइका साथ लागु गर्न र उल्लङ्घन गर्नेलाई नियमानुसार कारबाहीका लागि सिफारीस गर्न स्थानीय सरकारलाई प्रमुख जिल्ला अधिकारी राईले निर्देशन दिएकि छिन् । खाद्यान्न, तरकारी, फलफुल, दुधजन्य र मासु जन्यपदार्थहरुको पसल भने बिहान ७ बजेदेखी १० बजेसम्म र बेलुकी ५ बजेदेखी ७ बजेसम्म खोल्न पाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box