अशोक बुद्ध लामा–बैशाख २७,
२०७८,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ११ को वडा कार्यालय जाने सडक बाटो निर्माण सम्पन्न भएको छ । काल्ढुंगा–करमडाँडा–देउराली हुँदै वडा कार्यालय जाने मोटर बाटो निर्माण सम्पन्न भएको हो ।

कच्ची बाटो निर्माण सम्पन्न भएपछि बाटोको उद्घाटन वडा अध्यक्ष मिलन लामाले एक कार्यक्रमका बिच गरेका छन् । कार्यक्रममा लामाले बाटो निर्माणको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सो बाटो सिन्धुलीसम्म पुग्ने र बाटो घ्याङलेक गाउँपालिका र रोशी गाउँपालिका दुवैले सहकार्य गरेर अगाडि बढ्ने बताए । बाटो अहिले सम्पन्न भएर खुसी मात्रै नभई पछि बाटो स्तरोन्नतिको लागि सहयोग गर्न समेत सबैलाई अनुरोध गरे ।

यसैबिच वडा नम्बर ११ का वडा सचिव पुञ्जलाल श्रेष्ठले सर्वे गर्दा कठिन भए पनि पिप्ले देउराली सडक भन्दा ३ किलोमिटर छोटो हुने बताए । समाजसेवी राम लामाले सो बाटो जोड्ने विगत देखि नै प्रयास भएको र हाल सम्पन्न भएकोमा खुसीको साथै गर्व महसुस भएको बताए । यो सडक सिन्धुली जिल्लाको मरिनसम्म पुग्दछ ।

Facebook Comments Box