राजन दाहाल–बैशाख २७,
२०७८,काभ्रे/

काभ्रेको खानिखोला गाउँपालिकामा भोलिबाट कोरोना भाइरस कोभिड १९ भए नभएको परिक्षणको लागि स्वाब संकलन गर्ने भएको छ । दोस्रो लहर आएपछि गाउँ पालिकामा स्वाब संकलन गरिएको थिएन । कोरोना भाइरस को दोस्रो लहर आएको र जिल्लामा संक्रमण दर बड्दै गएपछि भोलिबाट स्वाब संकलन गर्न लागिएको गाउपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए ।

खानिखोला गाउँपालिका वडा न ७ मा दिन प्रतिदिन ज्वरो आउने र रुघाखोकी को बिरामी बड्दै गए पछि गाउले ससङ्कित भएको वडा अध्यक्ष क्षेत्रमान घ्याबाले बताए । स्वाब दिन जान पनि वडाबाट गाउँपालिका धेरै टाढा छ त्यसमाथी गाडी बन्द भएको कारण बिरामी स्वाब दिन जन नसकेको अध्यक्ष घ्याबाले बताए ।

गाउँपालिकाको स्वास्थ्य प्रमुख राम पुकार यादवले भोलि बाट हप्ताको एक पटक गाउँपालिकाको कोभिड अस्पतालमा स्वाब संकलन गरिने बताए । स्वाब संकलन पश्चात् पि सि आर टेस्ट को लागि धुलिखेल स्थित प्रयोगशालामा पठाउने बताएका छन् । साथै उनले कोभिड १९ को लक्षण देखापरेको बिरामिले अनिवार्य स्वाब दिनुहुन अनुरोध गरेका छन् ।

खानिखोलामा अहिले जम्मा ४७ वटा स्वाब संकलनको सामाग्री रहेको र आबश्यक परे अन्य पनि माग गर्ने स्वास्थ्य प्रमुख यादवले बताए । हाल सम्म खानिखोला गाउँपालिकामा ७ जनामा संक्रमण भएको गाउँ पालिका अध्यक्ष खुलालले बताएका छन् ।

Facebook Comments Box