बैशाख २७,
२०७८,काभ्रे/

जिल्ला प्रशासन कार्यालय काभ्रेले प्रयोगमा नआएका अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले आज एक सुचना प्रकाशित गर्दै विभिन्न उद्योग, संघ–सस्था तथा व्यक्तिलाई अक्सिजनका सिलिन्डर फिर्ता गरी कोरोनाका बिरामीको उपचारमा सघाउन अनुरोध गरिएको हो ।
अस्पतालमा सिलिण्डरको अभावमा आवश्यक मात्रामा अक्सिजन उपलब्ध हुन नसकेको प्रकशित गरेको सूचनामा जनाइएको छ ।

सुचनामा अत्यावश्यक स्वास्थ्य प्रयोजन बाहेक जिल्लाका विभिन्न उद्योग, संघ–सस्था तथा व्यक्तिले खाली तथा भरिएका मेडिकल अक्सिजनका सिलिन्डरहरु सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालको प्रयोगमा ल्याई सहयोग गर्न अनुरोध गरिएको छ ।

Facebook Comments Box