बैशाख २७,
२०७८,सिन्धुपाल्चोक/

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोनाको मारमा परेका पत्रकारलाई राहत दिईने भएको हो । कोभिड– १९ सङ्क्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।

कोषबाट जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरु कोरोना सङ्क्रमणमा परेमा आर्थिक सहायता दिईने छ । कोषमा हालसम्म एक लाख रुपैंया संकलन भइसकेको भन्दै अध्यक्ष श्रेष्ठले सबैलाई सो कोषमा आर्थिक सहयोग गर्न समेत आह्वान गरेका छन् ।

सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक जना पत्रकार सङ्क्रमित भइसकेको छन् । पहिलो चरणमा पनि दर्जनबढी पत्रकारलाई कोभिड सङ्क्रमण भएको थियो ।

Facebook Comments Box