शंक दोङ –मंङसिर ११,
तेमाल/

जिल्लाको तेमाल गाँउपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तर्ता दिईएको छ । ९ वटा वडा रहेको गाँउपालिकामा तिहार अघि १, २, ३, ४, ५ र ६ मा वितरण गरिएको थियो । सो वडाहरुमा तेमाल गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङको संयोजकत्वमा १०१ जनालाई वितरण गरिएको थियो । त्यसै कार्यक्रमलाई निरन्तर्ता दिँदै गाँउपालिकाको वडा नं ९ मा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाँउपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, ले वडा नं ९ मा रहेका १५ जना लाई संयुक्त रुपमा आज अपाङ्गता परिचय पत्र वितरण गरेका हुन् । जसमा क वर्गका ३ जना, ख वर्गका १० जना र ग वर्गका २ जनामा वितरण गरिएको सहकर्मी शंक दोङले जानकारी दिएका छन् । त्यस्तै बाँकि रहेको अन्य वडामा पनि निरन्तर वितरण गर्दै जाने गाँउपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा माया तामाङले जानकारी दिएकी छन् । कार्यक्रममा स्वास्थ्य संयोजक शिवहरी पाठक, वडा अध्यक्ष चन्द्र बहादुर लामा, डा. ज्ञानु तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments