बैशाख २८,
२०७८,काभ्रे/

पछिल्ला दिन जिल्लामा कारोना संक्रमित दर बढिरहेको अवस्थामा पाँचखाल नगरपालिकाले उदारणीय कामको सुरुवात गरेको छ ।

नगरपालिकाले आफ्नो क्षेत्र भित्रका कोरोनाका संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने भएको छ । नगर प्रमुख महेश खरेलले कोरोनाबाट संक्रमित अति विपन्न बिरामीको लागि उपचार खर्च १० हजार, मास्क, स्यानिटाईजर, औषधि, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिए । विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम उपलब्ध गराउने नगरप्रमुख खरेलले जानकारी दिए । यो कामको सुरुवात गर्ने पाँचखाल नगरपालिका देशकै पहिलो स्थानियतह भएको दावी गरिएको छ ।

आज आमाको मुख हेर्ने दिनको अवसरमा नगरले सञ्चालन गरेको आईसोलेसनमा रहेका तथा होम आईसोलेसनमा रहेका आमा, दिदीबहिनीहरुलाई पोषण युक्त खानेकुरा खरिदको लागि नगरप्रमुख खरेलले जनही २ हजार, मास्क तथा स्यानिटाईटर वितरण पनि गरेका छन् ।

Facebook Comments Box