बैशाख २९,
२०७८,काभ्रे/

जिल्लाको बेथानकोचोक गाउँपालिका वडा नम्बर २ गेल्डुङमा रहेको कोभिड अस्थायी अस्पतालमा निर्मित आईसोलेसनको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले अनुगमन गरेका छन् ।

जिल्लामा पछिल्ला दिन कोरोना (कोभिड–१९) भाईरसको संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा आफ्नो गाउँपालिका भित्रपनि संक्रमित बढ्दै गइरहेकोले संक्रमीत नागरिकहरुलाई स्वास्थ उपचारका लागि १० बेडको अस्पताल तन्दुरुस्त अवस्था राखिएको छ । १० बेडको अस्पताल ब्यवस्थापन भएसंगै अस्पतालमा गरिएको आवश्यक तयारीका बारेमा जानकारी लिन अनुगमन गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

गाउँपालिकामा मंगलबार सम्म १८ जना संक्रमितहरु रहेकामा र ७ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका र बाकी संक्रमीतहरु गाउँपालिका बाहिर आइसोलेसन र उपचारका क्रममा रहेको गाउँपालिका स्वास्थ शाखाले जानकारी दिएको छ ।

गाउँपालिकाले जनस्वास्थमा आफ्नो ध्यान केन्द्रित गरेको र यसबाट वच्न र बचाउन सबैलाई आ–आफ्नो ठाँउबाट लाग्न समेत आग्रह समेत गरेको छ । गाउँपालिका भित्र संक्रमितको संख्या बढ्न सक्ने भएकाले बजार, होटेल, पसल, लज, रेस्टुरेन्ट लगाएत अत्यावश्यक स्वास्थ सेवा बाहेकका ब्यवसायहरुलाई पुर्णरुपमा बन्द गरिसकिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

Facebook Comments Box