बैशाख २९,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले कोभिड नियन्त्रणमा लागि परेको बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै रोशीमा भएका सम्पुर्ण संयन्त्र प्रयोग गरी महामारी निर्मुल पारी छाड्ने बताएका छन् । उनले विज्ञप्तिमा गाउँपालिकाले कोभिड रोकथाम एबं नियन्त्रणको शिलशिलामा जनप्रतिनिधि शिक्षक समुदाय एबं मिडिया मार्फत विभिन्न सचेतना मुलक कार्यक्रमहरु सन्चालन गरिरहेको बताएका छन् ।

पछिल्ला दिन देशभर कोभिड १९ को दोस्रो लहर सगै पतिस्थिती भयाबह बन्दै गैरहेको बताउँदै गाउँपालिकाको वडा नं १ मा स्थापित अस्थायी कोभिड अस्पतालबाट सेवा प्रवाह गर्दै आएको बताएका छन् ।

विज्ञप्तिमा ‘नमोबुद्ध नगरपालिका सँगको सहकार्यमा मेथिनकोट अस्पताल नजिक जनक बहुमुखि क्याम्पसमा ४० बेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरिएको छ । गाउपालिकाबाट खरिद गरिएका ३ वटा एम्बुलेन्स लाई चोबिसै घन्टा सन्चालन हुनेगरि प्रबन्ध गरिएको छ । कण्ट्र्याक ट्रेसिङ मा परेका तथा लक्षण देखिएका बिरामिहरुको स्वाब सन्कलन गरि प्रदेश प्रयोगशाला पठाउने ब्यबस्था गरिएको छ’ भनिएको छ ।

अध्यक्ष लामाले आइसियु स्थापनाको लागि गाउँपालिका क्षेत्रमा उपयुुक्त भवन जनशक्ति एबं उपकरण को अभाब हुने भएकोले जिल्ल्लाका अन्य पालिका सँगको सहकार्यमा सुबिधा सम्पन्न आइसियु तथा भेण्टिलेसनको प्रबन्धका लागि गाउपालिका जतिसुकै रकमको साझेदारीका लागि तत्पर रहेको छ र सोही अनुरुप पहल पनि भईरहेको बताएका छन् ।

‘बजारमा खाद्य सामगृको अभाब हुन नदिन आबस्यक सहजीकरण गरिएको छ । हाल सन्चालन मा रहेका एम्बुलेन्स ले सेवा दिन अपर्याप्त भए जुन सुकै तवरले समेत सेवा दिन गाउँपालिका तयार तहेको छ । तसर्थ गाउपालिकाका नगरिकहरुले कुनै समस्यामा रहेको अबस्थामा समस्या गुम्स्याएर नराखी आ आफ्ना वडाको जनप्रतिनिधि कर्मचारी तथा स्वास्थ्य कर्मी सँग समस्या राखिदिनुहुन अनुरोध छ ।’ बिपतको क्षणमा आतिएर हैन धैर्यले मात्रै समस्याको समाधान गर्न सकिने बताउँदै नागरिकको सेवामा गाउँपालिका सदा तत्पर भएकोले नआत्तिइकन यो बिपतको सामना गर्न सबै गाउपलिकाबासीहरुमा उनले अनुरोध गरेका छन् ।

Facebook Comments Box