तस्बिरः spotlightnepal बाट

बैशाख २९,
२०७८,काभ्रे/

जिल्ला प्रहरी कार्यलय काभ्रे निषेधाज्ञाको समयमा ३५२ सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मातहतका प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बैशाख २४ गते देखि कारबाही चलाएको हो । यो अवधिमा १९४ वटा टिपरको प्रेसर हर्न निकालिएको छ । ओभरलोड बोक्ने १५९ वटा टिपरलाई कारबाही गरिएको छ ।

प्रहरीले निषेधाज्ञाको बेला पनि प्रेसर हर्न बजाएर गुड्ने सवारी साधनलाई कारबाही गरेको छ । आफुखुसी पेसर हर्न जडान गरी राजमार्ज, सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने सवारी साधनलाई कारबाही तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसँग बादबिवाद तथा कानुन कार्यान्वयनमा बाँधा पु¥याउन खोज्ने ६ जना टिपर चालकहरुलाई कानुन बमोजिम पक्राउ गरी कानुनी दायरामा ल्याईएको छ । प्रहरीका अनुसार ३५२ सवारी साधनलाई कारबाही गर्दा ३ लाख ६३ हजार ५ सय रूपैयाँ राजश्व संकलन भएको छ ।

Facebook Comments Box