बैशाख ३०,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाको कोभिड कोषमा सिद्र्धार्थ बैंकले २ लाख रुपौँया सहयोग गरेको छ ।

बिहिबार बैंकको कटुञ्जे शाखाका म्यानेजर सुशिल साप्कोटाले प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल र स्वास्थ्य शाखाका दिल रत्न शाक्यको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष डि.बि. लामालाई उक्त रकम हस्ताण्तरण गरेका हुन् । सहयोग रकम लिँदै गाउँपालिकाका अध्यक्ष डि.बि लामाले महामारीको समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिए । साथै यस विषम परिस्तितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी कोभिड परास्त गर्न पनि उनले आग्रह गरे ।

रोशी गाउँपालिकाले कोरोना भाईरसको सुरुवाती चरणमा नै कोभिड रोकथाम र नियन्त्रणमा प्रयोग गर्नेगरी कोभिड विपद कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले २५ देखि ३० लाख रुपौँया रहेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

Facebook Comments Box