बैशाख ३१,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकामा आज (शुक्रबार) एकै दिन १७ जनामा कोराना पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार संक्रमित वडा नं १,२ र ६ का रहेका छन् । उनका अनुसार बुधबार ठुलोपर्सेल, सर्स्युखर्क, चुखा, मलडाँडा, कल्लेरी पाखाका ६ महिला र ११ पुरुषको स्वाव संकलन गरिएको थियो । १७ जनाको परिक्षण गरिएकोमा सबै जनामा कोरोना पुष्टि भएको हो ।

अहिले संक्रमित भएका स्थानमा रेस्पोन्स टिम पठाएर संक्रमितको अवस्था बुझ्ने कार्य भईरहेको जानकारी दिए । उनका अनुसार उक्त टोलिले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गर्नेछ । अहिले गाउँपालिकाले पोखरी नारायणस्थानमा स्थापना गरेको आईसोलेसनमा एक जना कोभिडका बिरामी भर्ना भएका छन् । गाउँपालिकामा अहिले २८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यसैबिच तेमाल गाउँपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले एक सुचना जारी गर्दै अर्को सुचना जारी नभए सम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् । सुचनामा औषधि तथा औषधिजन्य पसलहरु २४ घण्टा र अति आवश्यक खाद्यान्न पसर बिहान ६ देखि ८ बजे २ घण्टा सम्म खोल्न समय निर्धारण गरेको छ ।

सुचनामा होटल तथा रेष्टुरेण्ट, ब्युटीपार्लर, सैलुन, कपडा पसल, टेलरिङ, शैक्षिक संस्था, स्टेशनरी, भोज भत्तेर, विवाह, ब्रतबन्ध, पास्नी, घेवा जस्ता कार्य नगर्न भनिएको छ ।

Facebook Comments Box